+
+
Shares

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चोरी मुद्दामा फरार दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बानेश्वरबाट पक्राउ गरेको छ।
  • काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई २३ जेठ २०७९ मा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
  • पक्राउ परेका श्रेष्ठलाई अदालतमार्फत कारागार पठाइएको छ।

९ असोज, काठमाडौं । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । चोरी कसुरमा काठमाडौं जिल्ला अदालतले उनलाई २३ जेठ २०७९ मा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?