+
+
Shares

त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरण : थप ४ जना पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार ८० रुपैयाँ भेटी चोरी भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा मन्दिरका पूजारी प्रख्यात उपाध्याय, रामप्रसाद उपाध्याय, आशिष उपाध्याय र झलक उपाध्याय रहेका छन्।
  • यसअघि पक्राउ परेका जयानन्द उपाध्यायसहित भेटी चोरी प्रकरणमा पक्राउ संख्या पाँच पुगेको छ।

९ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।

गत 3 असोजमा मन्दिरबाट नगद ५५ हजार ८० रुपैयाँ चोरी भएको घटनाको अनुसन्धानका क्रममा जिल्ला अदालत डोल्पाबाट जारी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मन्दिरका पूजारी त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटका २३ वर्षीय प्रख्यात उपाध्याय, ४४ वर्षीय रामप्रसाद उपाध्याय, २९ वर्षीय आशिष उपाध्याय र २७ वर्षीय झलक उपाध्याय रहेका छन्।

प्रहरीले उनीहरूलाई ८ असोजमा त्रिपुराकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

यसअघि प्रहरीले गत ६ असोजमा सोही वडाका ३७ वर्षीय जयानन्द उपाध्यायलाई पक्राउ गरेको थियो । उनलाई बुधबार जिल्ला अदालत डोल्पामा पेस गरेर सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

यो सँगै भेटी रकम चोरी प्रकरणमा प्रहरीले पाँच जना पक्राउ गरेको छ ।

शनिबार बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको घटना सार्वजनिक भएको थियो ।

फरक ठाउँमा दुई पटक रकम फेला

भेटी चोरी प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहँदा सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रुखमा ५५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकम हराएको भेटी भन्दै श्री बाला त्रिपुरासुन्दरी शुशंकादरी योगिनी उद्यान पीठले विज्ञप्तिमार्फत जानकारी गराएको थियो । पीठका अनुसार खोजतलासका क्रममा उक्त रकम फेला परेको हो ।

फेला परेको रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हबलदार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

फेरि मंगलबार दिउँसो पुन: मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको खबर सार्वजनिक भयो । सो रकम पनि मन्दिरकै भएको भन्दै पुजारीले सार्वजनिक गरेका थिए ।

उक्त दोस्रो पटक भेटिएको रकमलाई प्रहरीले बरामद गरेर आवश्यक मुचुल्का उठाइ अनुसन्धान समेत गरिरहेको जनाएको छ ।

एउटै चोरी घटनामा हराएको भनिएको रकम दुई फरक-फरक स्थानबाट भेटिनुले घटनामा थप प्रश्न उठाएको छ ।

प्रहरीका अनुसार दुवै रकमको मुचुल्का उठाइएको छ । र, अनुत्तरित प्रश्नबारे अनुसन्धान चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?