+
+
Shares

अन्योलबीच कपिल शर्मा शोको पाँचौ सिजन नेटफ्ल्क्सिमा आउने पक्का, हेर्नुहोस् ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ पाँचौं सिजनसहित सेप्टेम्बर २६ देखि नेटफ्लिक्समा फर्किने भएको छ।
  • पहिलो एपिसोडमा अजय देवगनसहित ‘दृश्यम ३’ टोली अतिथि हुनेछन्, जसमा श्रिया सरन, इशिता दत्ता, जयदीप अहलावत र मृणाल जाधव पनि सहभागी हुनेछन्।
  • नयाँ सिजनमा रवि शास्त्री, सुनील गावस्कर, नवजोत सिंह सिद्धु, विकास दिव्यकीर्ति, पंकज त्रिपाठी र जाकिर खान पनि अतिथिका रूपमा देखिनेछन्।

मुम्बई । बलिउड कमेडियन कपिल शर्माको लोकप्रिय कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ पाँचौं सिजनसहित नेटफ्लिक्समा फर्किने भएको छ । सेप्टेम्बर २६ देखि प्रसारण हुने नयाँ सिजनको पहिलो एपिसोडमा बलिउड अभिनेता अजय देवगनसहित फिल्म ‘दृश्यम ३’को टोली अतिथिका रूपमा देखिनेछ ।

सार्वजनिक ट्रेलरमा बलिउड, ओटीटी र क्रिकेट क्षेत्रका चर्चित व्यक्तित्वको सहभागिता देखाइएको छ । नयाँ सिजनमा फिल्मकर्मीका साथै विभिन्न क्षेत्रका व्यक्तित्वलाई पनि अतिथिका रूपमा प्रस्तुत गरिनेछ ।

ट्रेलरको सुरुवातमा कपिलले सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर हेरेर चाडपर्व चिन्न सकिने विषयमा ठट्टा गरेका छन् । महिलाको पहिरन हेरेर दिवाली हो कि करवा चौथ भन्ने छुट्याउन सकिने तर पुरुषले जुनसुकै चाडपर्वमा पनि एउटै कुर्ता लगाउने गरेको भन्दै उनले दर्शकलाई हँसाएका छन् ।

पहिलो एपिसोडमा अजय देवगनसँगै ‘दृश्यम ३’का कलाकार श्रिया सरन, इशिता दत्ता, जयदीप अहलावत र मृणाल जाधव सहभागी हुनेछन् । ट्रेलरमा उनीहरू कपिलसँग रमाइलो कुराकानी र ठट्टा गरिरहेको देखिन्छन् ।

यसै क्रममा कपिलले निर्देशक अभिषेक पाठकलाई काजोलसँग सम्बन्धित एउटा रोचक प्रश्न सोध्छन् । कपिल भन्छन्, ‘अभिषेक सर, तपाईंले पहिलो भागमै काजोल म्यामलाई लिएको भए उहाँले सबै कुरा त्यतिबेलै ओकल्न लगाउनुहुन्थ्यो जस्तो लाग्दैन ?’

कपिलको प्रश्नमा अजयले ठट्टा गर्दै जवाफ दिन्छन्, ‘त्यसो भएको भए त पहिलो फिल्म नै बन्न पाउँदैनथ्यो ।’ कपिलले अजयसँगको आफ्नो १५ वर्ष पुरानो चिनजानबारे पनि रमाइलो प्रसंग सुनाएका छन् ।

‘म अजय सरलाई विगत १५ वर्षदेखि चिन्छु । तर, हाम्रो कुराकानी जम्मा १४ पटक भएको छ,’ कपिल भन्छन्, ‘म ठीक छु, तपाईं कस्तो हुनुहुन्छ ? हामीले सँगै काम गरेको फिल्ममा पनि यति नै संवाद बोलेका थियौं ।’

नयाँ सिजनमा भारतीय क्रिकेटका चर्चित पूर्वखेलाडी रवि शास्त्री र सुनील गावस्कर पनि अतिथिका रूपमा देखिनेछन् । उनीहरू कार्यक्रमका पूर्वनिर्णायक नवजोत सिंह सिद्धुसँग कुराकानी गरिरहेको ट्रेलरमा देखाइएको छ । सिद्धु पनि यस सिजनमा फर्किएका छन् ।

कपिलसँगै किकु शारदा, कृष्णा अभिषेक र सुनील ग्रोवर पनि कार्यक्रममा देखिनेछन् । सुनीलले आफ्ना चर्चित हास्य पात्रलाई नयाँ सिजनमा पुनः प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

यसपटक बलिउड कलाकारबाहेक अन्य क्षेत्रका व्यक्तित्वलाई पनि कार्यक्रममा समेटिएको छ । विकास दिव्यकीर्ति, पंकज त्रिपाठी र जाकिर खानलगायत नयाँ सिजनका अतिथिको सूचीमा छन् ।

‘द ग्रेट इन्डियन कपिल शो’को पाँचौं सिजन सेप्टेम्बर २६ देखि हरेक शनिबार राति ८ बजे नेटफ्लिक्समा स्ट्रिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?