+
+
Shares

दुबईमा राहदानी लिन जान नसक्ने नेपालीलाई हुलाकमार्फत डेलिभरी गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ।
  • बायोमेट्रिक दिएपछि आवेदकले महावाणिज्यदूतावासमै डेलिभरी फाराम भर्नुपर्नेछ र राहदानी इमिरेट्स पोस्टमार्फत पठाइनेछ।
  • डेलिभरीका लागि सेवाग्राहीले १५ दिराम शुल्क तिर्नुपर्नेछ, भ्याटसहित १५.७५ दिराम लाग्नेछ।

९ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ ।

महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो ।

अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिएपछि सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमै डेलिभरी फाराम भर्नुपर्नेछ । नयाँ राहदानी बनेपछि महावाणिज्यदूतावासले उक्त राहदानी यूएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत डेलिभरी गरिने दूतावासले जनाएको छ ।

महावाणिज्यदूतावासका अनुसार डेलिभरीका लागि सेवाग्राहीले इमिरेट्स पोस्टलाई १५ दिराम शुल्क तिर्नुपर्नेछ । भ्याटसहित भने यो शुल्क १५.७५ दिराम हुनेछ ।

महावाणिज्यदूतावासले यो सेवा स्वेच्छिक रहेको भन्दै आवश्यक पर्ने सेवाग्राहीले मात्र उपयोग गर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?