९ असोज, विराटनगर । शिक्षक माग गर्दै धरान उपमहानगरपालिकाको कार्यालयमा अनसन बसेका विद्यार्थीेले कीटनासक औषधि सेवन छन् ।
शिक्षक नहुँदा पठनपठान रोकिएको भन्दै धरान उपमहानगपालिकाको कार्यालयमा अनसन बसिरहेका विद्यार्थी रोजन शंकरले शुक्रबार साँझ फिनेल पिएका हुन् ।
शिक्षक नहुँदा पठनपाठन रोकिएको भन्दै धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी बिहीबारदेखि आन्दोलनमा थिए ।
शुक्रबार अनसनकै क्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको कार्यकक्षबाहिर विद्यार्थी शंकरले फिनेल पिएका हुन् ।
उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार अस्पतालमा उनको उपचार जारी छ ।
‘उपमहानगरपालिकाको कार्यालयमा अनसनरत रहेकै बेला फिनेल पिएको रहेछ । अहिले उपचार जारी छ,’ उनले भने, ‘अवस्था खतरामुक्त रहेको भन्ने छ ।’
धरान–६ मा रहेको सरस्वती माविमा सामाजिक शिक्षक आठ महिनादेखि रिक्त छ । धरान–११ मा रहेको ज्ञानोदय माविमा दुई वर्षदेखि नेपाली र सामाजिक विषयको शिक्षक छैनन् ।
शिक्षक नियुक्तिमा ढिलाइ भएपछि विद्यार्थी आफै आन्दोलनमा उत्रिएका थिए । विद्यार्थी आन्दोलनमा उत्रिएपछि शुक्रबार कार्यवाहक प्रमुख बेघा कार्यालय गएका थिएनन् । रिक्त रहेको शिक्षक पदपूर्ति गर्न चासो नदिएको भन्दै उनको आलोचना भइरहेको छ ।
प्रतिक्रिया 4