फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबारदेखि परेको अविरल वर्षाका कारण बागलुङको ताराखोलामा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गएराति घरमाथिबाट खसेको पहिरोले ताराखोला गाउँपालिका–५ धस्मरस्थित रोकाको घरमा आंशिक क्षति पुर्याएको छ।
- स्थानीयको सहयोगमा पहिरोबाट रोकाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।
१० असोज, बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।
अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4