+
+
Shares

मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा सिपचन्द्र बुढा र धन बुढाका दुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
  • जिल्ला प्रशासन कार्यालय मुगुले क्षतिको विवरण संकलन र मुचुल्का तयार गर्न टोली घटनास्थलमा खटाएको जनाएको छ।
  • मुख्यमन्त्री मंगलबहादुर शाहीले पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रदेश सरकारबाट पहल गरिने बताउनुभयो।

१० असोज, सुर्खेत । मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

आगलागीमा सिपचन्द्र बुढा र धन बुढाका घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताएका छन् ।

घटनाको विस्तृत क्षतिको विवरण मुचुल्का तयार भएपछि खुल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?