फाइल तस्वीर
१० असोज, रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्याउलीबारकी बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो ।
करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उनको उद्धार भएको थियो । उद्धारका क्रममा बेगमाया अचेत अवस्थामा फेला परेकी थिइन् ।
त्यहाँबाट उनलाई जिल्ला अस्पताल सल्लेमा लगिएपनि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4