+
+
Shares
मौसम पूर्वानुमान :

कोशी र मधेशमा खुल्दै आकाश, काठमाडौं उपत्यकामा पनि उल्लेख्य सुधार देखिने

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमश: कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिइसकेको छ
। मधेश र बागमतीमा रहेको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगालको खाडीको न्यूनचापीय प्रणाली कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिएकाले आज कोशी, मधेश र बागमतीमा जोखिम नरहेको मौसमविदले जनाएका छन्।
  • काठमाडौं उपत्यकासहित बागमती र मधेशको वर्षा आजबाट रोकिने र अपराह्नपछि घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • गत २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका जिल्लामा भारीदेखि अति भारी वर्षा भएको र चितवनको कल्याणपुरमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ।

११ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । त्यसैले आज कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् ।

गएरातिदेखि काठमाडौं उपत्यकासहितका बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा भइरहेको वर्षा पनि आजबाट रोकिने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमश: कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिइसकेको छ ।

मधेश र बागमतीमा रहेको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ । आज अपराह्नदेखि कोशी, मधेशका साथै काठमाडौं उपत्यकासहित बाग्मतीमा उल्लेख्य सुधार देखिने सम्भावना छ ।

तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पनि आज पनि वर्षा जारी रहने सम्भावना छ । यद्यपि अघिल्ला दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने छ । पछिल्लो तीन घण्टायता वर्षा धेरै हदसम्म कम भएको छ ।

महाशाखाका अनुसार गत २४ घण्टामा भने बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका जिल्लाहरुमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै चितवनको कल्याणपुरमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसमविद उज्ज्वल उपाध्यायका अनुसार भोलिदेखि चितवनको नारायणी नदीदेखि पश्चिमको भूभाग अर्थात् गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिममा भने पूर्णरुपमा मौसम खुल्न सोमबार पर्खनुपर्ने छ ।

त्यसपछि यो हप्ताभर ठूलो वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरेका छन् । यद्यपि मनसुनी प्रणाली भने देशैभरी अझै कायम रहेकाले हल्कादेखि वर्षाको सम्भावना भने कायम रहने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?