+
+
Shares

लालबकैया खोला खतरा तह नजिक, साँझसम्म सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ६:४०

११ असोज, काठमाडौं । मकवानपुरको लालबकैया खोलामा बाढी बढिरहेको र जलसतह खतरा तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आइतबार बिहान ६:२० बजे जारी गरेको सूचनाअनुसार मकवानपुरस्थित लालबकैया खोला, जुरेलीबजारमा बाढी बढिरहेको छ ।

जलसतह खतरा तह नजिक पुगेकाले डुबान भइरहने स्थानका बासिन्दालाई आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?