+
+
Shares

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, ३ घरमा क्षति

भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुई वटा घर बगाएको छ।
  • बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ।
  • बाढीपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

११ असोज,बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ ।

गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो ।

बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ ।

बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बुटवल-११ का वडा सदस्य युवराज रानाले बताए।

स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो।

गए राति सम्म वर्षा भएकोमा आज बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?