News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रचना रिमालले दुबईबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न पाउँदा खुसी लागेको बताइन्।
- कन्दरा ब्यान्ड सेप्टेम्बर २३ मा डेनभर, शिकागो र दुबई हुँदै पहिलो अन्तर्राष्ट्रिय यात्रुवाहक उडानमार्फत पोखरा पुगेको विवेक श्रेष्ठले लेखेका छन्।
- रचना र श्रेष्ठले यो उडानले पोखराको पर्यटन, व्यापार र रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं । गायिका रचना रिमालले दुबईबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न पाउँदा खुसी लागेको बताएकी छन् । कन्दरा ब्यान्ड त अमेरिका टूर सकिएर दुबई ट्रान्जिट हुँदै अमेरिकाबाट गृहथलो पोखरा पुगेको हो ।
यी दुवैजना संगीतकर्मीले दुबईबाट सिधै पोखरा अवतरण गर्दाको अनुभव सामाजिक सञ्जालमा सेयर गरेका छन् । रचनाका अनुसार विदेशबाट फर्कंदा यसअघि काठमाडौं नै उनको गन्तव्य हुन्थ्यो ।
काठमाडौंमै बसोबास भए पनि यसपटक पोखराको अन्तर्राष्ट्रिय उडान अनुभव गर्न उनले त्यहीँबाट नेपाल प्रवेश गर्ने निर्णय गरिन् । फ्लाई दुबईको दुबई-पोखरा उडानमा आफ्नो यात्रा आरामदायी र सुखद रहेको उनले सामाजिक सञ्जालमा लेखेकी छन् । पोखराबाट उनी आन्तरिक उडानमार्फत काठमाडौं फर्किएकी हुन् ।
रचनाले यस्ता उडानको प्रयोग बढे सेवा दिगो हुने र विस्तारको सम्भावना बलियो बन्ने अपेक्षा व्यक्त गरेकी छन् । उनले पोखराको पर्यटन र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उडान थप विस्तार होऊन् भन्ने आशा पनि राखेकी छन् ।

कन्दरा ब्यान्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले भने सेप्टेम्बर २१ मा अमेरिकाको डेनभरबाट सुरु भएको घरफिर्ती यात्रामा शिकागो र दुबई हुँदै सेप्टेम्बर २३ मा पोखरा पुगेको लेखेका छन् ।
उनका अनुसार ब्यान्ड दुबईबाट पोखरा आएको पहिलो अन्तर्राष्ट्रिय यात्रुवाहक उडानमा सवार थियो । लामो सांगीतिक यात्रापछि सिधै पोखरामा अवतरण गर्नु आफ्ना लागि स्मरणीय क्षण भएको उनले बताएका छन् ।
श्रेष्ठले यो उडानले पर्यटन, व्यापार र रोजगारीका अवसर बढाउने विश्वास व्यक्त गरेका छन् । फ्लाई दुबईले गतसातादेखि पोखरा सिधै नियमित उडान गर्दै आएको छ । दुबईलाई ट्रान्जिट बनाएर संसारका २५० सहरमा सिधै पोखराबाट जान सकिने कुराले यात्रु उत्साहित पनि छन् ।

प्रतिक्रिया 4