News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सांगीतिक समूह कन्दरा ब्यान्डले ‘रिदम अफ चेन्ज’ नारासहित सन् २०२६ को अमेरिका टूर अगस्ट ८ मा बोस्टनबाट औपचारिक रूपमा सुरु गरेको छ ।
- टुर अन्तर्गत बोस्टनपछि डलास र न्यूयोर्कसहितका विभिन्न सहरमा ब्यान्डले सांगीतिक प्रस्तुति दिने भए तापनि कार्यक्रमको स्थान र मिति भने सार्वजनिक गरिएको छैन ।
- सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट एन्ड कल्चरल डिप्लोमेसी पहलका रूपमा सञ्चालित यो टुरले संगीतका माध्यमबाट नेपाली डायस्पोरालाई जोड्ने र सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं । नेपाली सांगीतिक समूह कन्दरा ब्यान्डले ‘रिदम अफ चेन्ज’ नारासहित सन् २०२६ को अमेरिका टूर सुरु गरेको छ । ब्यान्डका अनुसार टुर अगस्ट ८ मा बोस्टनबाट औपचारिक रूपमा सुरु भएको हो ।
बोस्टनपछि डलास, न्यूयोर्कसहित अन्य सहरमा पनि ब्यान्डले सांगीतिक प्रस्तुति दिने जनाइएको छ । यद्यपि, विज्ञप्तिमा डलास, न्यूयोर्क तथा अन्य सहरमा हुने कार्यक्रमको मिति र स्थान खुलाइएको छैन ।
ब्यान्डले यो सांगीतिक टुरलाई ‘सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट एन्ड कल्चरल डिप्लोमेसी’ पहलका रूपमा प्रस्तुत गरेको छ ।
ब्यान्डका अनुसार संगीतमार्फत नेपाली डायस्पोरालाई जोड्ने, नेपाली संस्कृतिको उत्सव मनाउने, अर्थपूर्ण संवादलाई प्रोत्साहन गर्ने तथा संगीत, सोच र व्यक्तिगत तहमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने उद्देश्य टुरले राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4