Photo Credit : Nepal Police
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीगण्डकी नदीको बहाव बढेर पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा बस्तीमा पसेपछि २५ घर बगेका छन् ।
- आइतबार बिहान करिब ८ बजे भएको घटनामा करिब ८० घरमध्ये बाँकी घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।
- घटनामा मानवीय क्षति नभएको र सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
११ असोज, काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।
घटनामा हालसम्म मानवीय क्षति भएको भने छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4