News Summary
Generated by OK AI. Editorially reviewed.- कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा ८० घर बगाएको सशस्त्र प्रहरीले जनाएको छ।
- शनिबार रातिदेखि बाढी पस्न थालेपछि बस्तीका मानिसहरू सुरक्षित स्थानमा गएका थिए।
- मानवीय क्षतिको जानकारी नआएको र बिजुली तथा फोन सम्पर्कमा समस्या आएको सशस्त्र प्रहरीले जनाएको छ।
११ असोज, काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ ।
बस्तीमा कालीगण्डकीको बाढी पस्दा ८० घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
शनिबार रातिदेखि नै बाढी बस्तिमा पस्न सुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए ।
मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी नआएको सशस्त्र प्रहरीले बताएको छ ।
अन्य घरहरू समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर-सामान तथा सबै स्थानीयहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ ।
प्रतिक्रिया 4