+
+
Shares

सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेछ कारोबार ?

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • त्यसैगरी चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

११ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदी ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?