+
+
Shares

चोलेन्द्रलाई भेट्न नदिइएपछि फर्कियो मानवअधिकार आयोगको टोली

कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली करिब ४५ मिनेट कुर्दा पनि फर्किएको छ।
  • अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरी एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेको छ।
  • प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ भने कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन्।

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले नदिएपछि मानव अधिकार आयोगको टोली फर्किएको छ ।

कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । जबरालाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको छ ।

प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ । तर कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?