+
+
Shares

हवाई प्रतिबन्धबारे सम्बन्धित देशसँग इरानको निरन्तर संवाद

इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले हालै लगाइएको हवाई प्रतिबन्धको जवाफमा सैन्य प्रतिकारात्मक कदम चाल्ने योजना नरहेको स्पष्ट पारेको छ।
  • सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अनुचित ठानेका हवाई प्रतिबन्ध हटाउन सम्बन्धित देशहरूसँग गम्भीर र निरन्तर संवाद भइरहेको जनाएको छ।
  • परिषद्ले आवश्यक परे गैरसैन्य माध्यमबाट प्रतिक्रिया जनाउने विकल्प उपलब्ध रहेको र समाधानका लागि कूटनीतिक प्रयास जारी रहेको जनाएको छ।

११ असोज, तेहरान (रासस/ सिन्ह्वा)। इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा हवाई यातायातसम्बन्धी विषयमा परिषद्का सचिव मोहसेन रेजाईका पछिल्ला भनाइलाई केही स्थानमा फरक अर्थमा प्रस्तुत गरिएको जनाएको छ । यसबाट इरानको सम्भावित प्रतिक्रियाबारे विभिन्न प्रश्न उठेपछि परिषद्ले आफ्नो धारणा स्पष्ट पारेको हो ।

परिषद्ले हवाई प्रतिबन्धको जवाफमा इरानले सैन्य कारबाही गर्ने भन्ने दाबी सही नभएको जनाएको छ । साथै, आफूले अनुचित ठानेका केही हवाई प्रतिबन्ध हटाउन सम्बन्धित देशहरूसँग गम्भीर र निरन्तर संवाद भइरहेको जानकारी दिएको छ ।

परिषद्का अनुसार, प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्ने पक्षसँग सम्बन्धित विषयमा आवश्यक परे गैरसैन्य माध्यमबाट प्रतिक्रिया जनाउने विकल्पहरू पनि उपलब्ध छन् । यद्यपि, त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने इरानको अपेक्षा रहेको परिषद्ले जनाएको छ ।

यसअघि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधबारदेखि विश्वभरका इरानी एयरलाइन्सलाई बन्द गराउने बताएका थिए। उनले इरानी विमानलाई इन्धन, अवतरणसम्बन्धी सेवा वा टिकट बिक्रीलगायतका सेवा उपलब्ध गराउने कम्पनीमाथि समेत अमेरिकी प्रतिबन्ध लागू हुन सक्ने बताएका थिए।

अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा आएपछि बुधबार इरानको सरकारी टेलिभिजन आईआरआईबीसँग कुरा गर्दै रेजाइले विशेषगरी इरानका छिमेकी देशहरूलाई उक्त प्रतिबन्ध कार्यान्वयनमा सहभागी नहुन आग्रह गरेका थिए।

इरानी पक्षले पछिल्लो स्पष्टोक्तिमार्फत हवाई प्रतिबन्धको विषयमा सम्बन्धित देशहरूसँग संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?