+
+
Shares

अमेरिकामा तथ्यांक शास्त्रका प्राध्यापकले राजनराजसँग मिलेर ल्याए ‘जनकपुरे रेलैमा’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजनराज शिवाकोटीको संगीतमा तयार भएको नयाँ गीत ‘जनकपुरे रेलैमा’ युट्युबमा सार्वजनिक भएको छ ।
  • डा. नवीन ‘अन्योल’को स्वर समावेश गीतमा प्रियंका कार्की र सुरेश कोहलीले अभिनय तथा नृत्य गरेका छन् ।
  • नवराज श्रेष्ठले निर्माण गरेको गीतको भिडियो निर्देशन र नृत्य निर्देशन केशवराज भट्टले गरेका हुन् ।

च्याट्ट कपाल कोरेर गाउँतिर झरेकी
गैराघरे सुन्तली औधी मन परेकी

जाउँला सरर..ए निर
जाउँला सरर…
जनकपुरे रेलैमा जाउँला सरर…

फिल्म होस् या म्युजिक भिडियो, एक से हिट गीत पस्किएका प्रसिद्ध संगीतकार राजनराज शिवाकोटीद्वारा संगीतबद्ध नयाँ गीत ‘जनकपुरे रेलैमा’ युट्युबमा सार्वजनिक भएको छ ।

आफ्नो सांगीतिक विशिष्टिता र शैलीमा शिवाकोटीले कम्पोज गरेको यो नयाँ गीत पनि डान्सिङ ट्रयाक शैलीमा बनेको छ । ग्रामीण शब्द, ओठैमा झुन्डिने भाखा र सोहीअनुसार संगीत संयोजनमा तयार पारिएको यो गीत दर्शकलाई रुचिकर हुनसक्छ ।

तपाईंलाई शिवाकोटी स्टाइलका कम्पोजमा बनेका नृत्यप्रधान गीतमा रुचि छ भने यो गीत महत्वपूर्ण हुनसक्छ । गीतको अडियो निकै समधुर र मिठासले भरिएको छ ।

प्रा.डा. नवीन ‘अन्योल’

डा. नवीन ‘अन्योल’को स्वर समावेश गीत लय र मिठासले तपाईंलाई बाँध्न सक्छ । खास नाम डा. नवीन वैद्य रहेका यी गायकको अर्को परिचय पनि छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी सान डिएगो विश्वविद्यालयमा गणित तथा तथ्यांक शास्त्र विभागका प्राध्यापक तथा वैज्ञानिक हुन् ।

तथ्यांक शास्त्र र गणितका यी विज्ञले यतिविधि मीठो गायकी पस्किएर मन्त्रमुग्ध तुल्याउन सक्छन् भन्ने कुरा धेरैका लागि आश्चर्यकै विषय हो । नेपालमा जन्मघर सिन्धुली भएपनि नवीन ‘अन्योल’ अमेरिकामा कार्यरत छन् ।

नवराज श्रेष्ठ निर्माता हुन् भने म्युजिक भिडियोको आकर्षक नृत्य निर्देशन र भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन् । गीतमा प्रियंका कार्की र सुरेश कोहलीले अभिनय तथा नृत्य गरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमाले युट्युबमा राम्रो भ्यूज पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?