+
+
Shares

‘नेपथ्य’ ब्यान्डद्वारा नेपाल र विदेशसहितका ९ ठाउँमा कन्सर्टको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले देश तथा विदेशमा हुने ९ वटा थप कन्सर्टको घोषणा गर्दै टिकट खुलिसकेको जनाएको छ।
  • ब्यान्डले ४ अक्टोबरमा दुबई टूर गर्नेछ र ३१ अक्टोबरमा सिक्किममा प्रस्तुति दिने तय भएको छ।
  • अक्टोबर १० मा काठमाडौंको कीर्तिपुर, ४ नोभेम्बरमा इटहरी, ७ नोभेम्बरमा चाराली झापा र १९ नोभेम्बरमा सौरहा चितवनमा कन्सर्ट हुनेछ।

काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले देश तथा विदेशमा आयोजना हुन लागेका आगामी कन्सर्टहरूको घोषणा गरेको छ । यसैसाता दक्षिण कोरियाको राजधानी सियोलमा सांगीतिक प्रस्तुति दिएको ब्यान्डले ९ वटा थप कन्सर्टको घोषणा गरेको हो ।

४ अक्टोबरको आइतबार ब्यान्डले दुबई टूर गर्दैछ ।

अक्टोबर १० शनिबार काठमाडौंको कीर्तिपुर, ४ नोभेम्बरमा इटहरी, ७ नोभेम्बरमा चाराली झापा, १९ नोभेम्बरमा सौरहा चितवन, २२ नोभेम्बरमा स्याङ्जाको पुतलीबजार, २५ नोभेम्बरमा बेनी म्याग्दी र २८ नोभेम्बरमा तनहुँको बेलचौतारमा ब्यान्ड गुञ्जिने निश्चित भएको हो ।

३१ अक्टोबरको शनिबार ब्यान्डले सिक्किममा प्रस्तुति दिने तय छ । ब्यान्डले अफिसियल वेबसाइटमार्फत यी जानकारी दिँदै टिकट खुलिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?