+
+
Shares

बाढीको त्रासपछि चामेमा खुलेको मौसम (तस्वीरहरू)

कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए ।  ‘बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङमा आइतबार विपत्ति निम्त्याएको मौसम आज बिहानदेखि खुलेपछि चामेवासी घर फर्किन थालेका छन् ।
  • ठाडो खोला र खट्टे खोलामा आएको बाढीले घर, पुल र सडकमा क्षति पुर्‍याएको थियो ।
  • मर्स्याङ्दी नदी थुनिएको यथावत् रहेकाले खोल्ने तयारी भइरहेको सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए ।

१२ असोज, पोखरा । मनाङमा आइतबारसम्म विपत्ति निम्त्याएको मौसम आज भने बिहानैदेखि खुलेको छ ।

मौसम खुलेपछि बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासीहरु पनि बिहानैदेखि घर फर्किइरहेका छन् ।

आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो । साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए ।

अहिले बिहानैदेखि मनाङको आकास पनि खुलेको छ । यसले त्रास कम हुँदै गएको छ । कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए ।  ‘बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’

थुनिएको मर्स्याङ्दी नदी भने यथावतै रहेको र त्यो पनि खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । मर्स्याङ्दी नदी थुनिएर कतै ठूलो ताल बन्ने त होइन भन्ने त्रास भने अब नरहेको उनले बताए । मर्स्याङ्दी थुनिएर बनेको तालको सतह नबढेको तर फेरि जोखिम बढ्न सक्ने भएकाले खोल्नुपर्ने उनको भनाइ छ ।

२०७८ सालमा स्थानीय खोला र मर्स्याङ्दीमा आएको बाढीले मनाङमा ठूलो भौतिक विनास निम्त्याएको थियो । धेरै मानिसका घर र उब्जनी हुने जग्गा बगर बनेको थियो ।

तस्वीरहरू : सहायक सीडीयो कृष्णप्रसाद पौडेल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?