+
+
Shares

हरैरी पूजापछिको थारु संस्कृति समेटिएको ‘जबुनिक रुखवा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १४:१८

काठमाडौं । थारु समुदायको मौलिक गीत ‘जबुनिक रुखवा’ (जामुनको रुख) को म्युजिक भिडियो शनिबार युट्युबमा सार्वजनिक भएको छ । यो गीत परम्परागत रूपमा हरैरी पूजापछि गाइन्छ । कृषिभूमिसँग जोडिएको थारु समुदायको महत्त्वपूर्ण मौलिक अनुष्ठान हरैरी पूजा सामान्यतया अगस्टमा मनाइन्छ ।

यो उत्सव गुरुवा धामीले गर्ने अनुष्ठानबाट सुरु हुन्छ । गाउँलेहरू बडघर भनिने गाउँका मुखियाको घरमा भेला हुन्छन्, जहाँ सबै मादल (मन्द्रा) एकै ठाउँमा ल्याएर पूजा गरिन्छ । ‘त्रासन’ भनिने पहिलो विधिपूर्वक बजाइने तालसँगै गीत र नृत्यको नयाँ चक्र सुरु हुन्छ । यसपछि वर्षभरि मन्द्रा बजाउन अनुमति मिलेको मानिन्छ ।

ऐतिहासिक रूपमा यस्ता झुमरा गीत झाडापखाला, ज्वरो र बिफरजस्ता रोगका कारण आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन गाइन्थे । समयक्रमसँगै यो परम्परा समुदायको दृढता र सामूहिकताको उत्सवका रूपमा पनि विकसित भएको छ ।

अगस्टमा खेतीपातीको व्यस्त रोपाइँको समयसमेत सकिने भएकाले झुमराले गाउँलेलाई खेतीको कामपछि एकै ठाउँमा भेला हुने, आराम गर्ने, गीत गाउने, नाच्ने र आपसी सम्बन्धलाई पुनः जोड्ने अवसर दिन्छ ।

यो गीत परम्परागत रूपमा महिलाको पहिरन लगाएका पुरुष कलाकारले नृत्य गर्दै प्रस्तुत गर्छन् । यो थारु संस्कृतिको विशिष्ट र लामो समयदेखि कायम अभ्यास हो ।

ओडार स्टुडियोका उज्ज्वल सागरले गीतको संगीत निर्देशन गरेका छन् भने कर्खा चर्खाका लवकान्त चौधरी क्रिएटिभ डाइरेक्टर हुन्। गीतमा लाल्टा चौधरी र सोमती थारुको स्वर छ । अर्जु चौधरी, आरके थारु, अञ्जु चौधरी र उर्मिला गम्वा थारुले ब्याकिङ भोकल दिएका छन् । अडियो इन्जिनियरिङ मञ्जिल विक्रम केसीले गरेका हुन् ।

वाद्यवादनतर्फ किरण बरालले बाँसुरी, नरेन मोक्तानले गितार र युकुलेली तथा नन्दु चौधरीले तालवाद्य बजाएका छन् ।

छविलाल कोपिला फिल्ड प्रोड्युसर हुन् । लवकान्त चौधरी, दीर्घ चौधरी र न्युराज चौधरीले भिडियो खिचेका छन् । सुशील खनालले कलरिङ गरेका छन्, भने भिडियोको कोरियोग्राफी सुनिल चौधरीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?