१३ असोज, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट मंगलबार एक बालिकाको ज्यान गएको छ । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युु भएको हो ।
प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4