+
+
Shares

ललितपुरबाट २० र २२ वर्षीया विद्यार्थी नेतृ कांग्रेसको महाधिवेशन प्रतिनिधि

नेविसंघका जिल्ला सहसचिवद्वय २० वर्षीया रिजा थापा र २२ वर्षीया स्वस्तिका गौतम महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १७:०४

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तरर्गत ललितपुरबाट २० र २२ वर्षीया विद्यार्थी नेतृहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला सहसचिवद्वय २० वर्षीया रिजा थापा र २२ वर्षीया स्वस्तिका गौतम महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

२० वर्षीया रिजा ललितपुर क्षेत्र नं.३ बाट सर्वसम्मत र २२ वर्षीया स्वस्तिका युवा महिला कोटामा चुनावी प्रतिष्पर्धाबाट महाधिवेशन प्रतिनिधि चयन भएका बताइएको छ ।

क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा स्वस्तिकाले कूल खसेको ५३६ मतमध्ये ४०४ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?