भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीस्थित भारत निर्वाचन आयोगको मुख्यालयबाहिर वामपन्थी दलहरूले गरेको विरोध प्रदर्शनका क्रममा उनलाई हिरासतमा लिइएको हो ।
उनीसँगै सीपीआई (एमएल) की केन्द्रीय समिति सदस्य सुचेता डे र श्वेता राजलाई पनि हिरासतमा लिइएको छ ।
वामपन्थी दलहरूले निर्वाचन आयोगको कार्यालयबाहिर संयुक्त रूपमा प्रदर्शन गर्दै मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामाको माग गरेका थिए ।
सीपीआई (एम) ले जारी गरेको विज्ञप्तिमा प्रदर्शनकारीको कुरा सुन्नुको सट्टा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई हिरासतमा लिइएको छ र हामीलाई कहाँ लगिँदैछ वा कहिले छाडिनेछ भन्ने थाहा छैन ।’
प्रदर्शनमा सीपीआई (एमएल) का विभिन्न नेता, सीपीआई (एम) का नेता, सीपीआई (एमएल) की नेतृ कमरेड सुचेता डे, श्वेता राज, एआईसीसीटीयू र एआईएलएजेका कार्यकर्ता, अन्य वरिष्ठ नेता तथा ट्रेड युनियन नेताहरू सहभागी थिए ।
प्रतिक्रिया 4