+
+
Shares

सहमहामन्त्रीमा उम्मेदवारी दिने मनोजमणि आचार्यको घोषणा

नेविसंघका पूर्वनेता आचार्यले १५ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार हुने जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ११:२३

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेविसंघका पूर्वनेता आचार्यले १५ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार हुने जानकारी गराएका छन् ।

सहमहामन्त्रीमा खस आर्य क्लष्टरतर्फ उम्मेदवारी दिने आचार्यले अनलाइनखबरलाई जानकारी गराए ।

आचार्यले भने,‘सभापति र उपसभापतिहरुलाई सहमहामन्त्रीको उम्मेदवार हुने जानकारी गराइसकेको छु ।’

कांग्रेसको संशोधित विधान अनुसार ११ जना सहमहामन्त्री हुने व्यवस्था छ । आठ जना समावेशिताका आधारमा क्लष्टर अनुसार र तीन जना सभापतिले मनोनित गर्ने विधानको व्यवस्था छ ।

आचार्य विशेष महाधिवेशनको माग गर्ने अगुवा नेता मध्ये एक हुन् । उनी रोल्पाबाट प्रतिनिधि छानिएका छन् ।

कांग्रेसको १५ औं महाधिवेशन १८ असोजबाट सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?