+
+
Shares

गीत विवादमा फसेपछि साइबर ब्यूरो पुगे खेम सेन्चुरी, उजुरीकर्तासँग छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १४:०९

काठमाडौँ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा मुछिएको छ । बाहुन सम्प्रदायलाई होच्याएको भन्दै उजुरी परेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अहिले गीतकार तथा संगीतकार सेन्चुरी र उजुरीकर्तालाई बोलाएर छलफल गरिरहेको छ ।

साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिलिपकुमार गिरीले मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गरिएको र आज बुधबार पनि छलफल भैरहेको जानकारी दिए ।

हिन्दुवादी अभियन्ता सागर थापा लगायतले ब्युरोमा उजुरी दिएका छन् । मंगलबारको छलफल बिना निष्कर्ष टुङ्गिएपछि ब्यूरोले बुधबार पनि छलफलमा बोलाएको हो ।

‘आज यो विवाद टुंगो लाग्छ । किनभने, गीतमा सिधै सम्प्रदायलाई लक्षित गरि शब्दहरू प्रस्तुत छन्’ सूचना अधिकारी गिरीले भने ।

गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिमा हिन्दुवादी अभियन्ताको आपत्ति रहेको गिरीको भनाई छ । उजुरीकर्ताले गीत तत्काल हटाउन माग गरेका छन् ।

यो समाचार लेख्दासम्म सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतलाई ६५ लाख ७७ हजार पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?