+

बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा

२०८३ असोज  १५ गते ९:४६ २०८३ असोज १५ गते ९:४६

१५ असोज, काठमाडौं । पाकिस्तान एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत पदक पक्का गरेको हो ।

वर्षाले भिजेको मैदानका कारण खेल समयमा सुरु हुन सकेको थिएन । ढिला सुरु भएपछि १३ ओभरको खेल तय भएको थियो ।

बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा पूरा गर्‍यो । अब्दुल समद ३० रनमा नटआउट रहे भने हसन नवाज २७ रनमा नटआउट रहे ।

बंगलादेशका महेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान र रिशाद होसेनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो ।

तोहिद रिदोएले सर्वाधिक ४२ रन बनाए । सेफ हसनले १९ तथा मोसदेक हुसेनले ११ रन बनाए ।

पाकिस्तानले अब स्वर्ण पदकका लागि भारत र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ ।

बंगलादेशले कांस्य पदकका लागि भारत र श्रीलंकाबीच पराजित हुने टोलीसँग खेल्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय