+
+
Shares

इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ : डोनाल्ड ट्रम्प

‘मैले एक वर्षअघि अस्वीकार गरेको विषयमा अहिले सहमत हुनेछैन । इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ,’ ट्रम्पले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १९:३०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेट खोल्ने विषयमा गरेको प्रस्ताव आफूहरूका लागि पर्याप्त नभएको बताएका छन् ।

टाइम म्यागजिनलाई दिएको विस्तृत अन्तर्वार्तामा ट्रम्पले इरानसँग जारी युद्ध, वार्ताको सम्भावना र होर्मुज स्ट्रेटको अवस्थाबारे धारणा राखेका हुन् । केही दिनअघि लिइएको उक्त अन्तर्वार्ता बिहीबार प्रकाशित भएको हो ।

ट्रम्पका अनुसार इरानको अवस्था निकै खराब छ । अर्थतन्त्र कमजोर भइरहेको र इरान सम्झौता गर्न चाहिरहेको दाबी गर्दै उनले आफूले भने ‘वास्तविक सम्झौता’ चाहेको बताए ।

उनले मध्यावधि निर्वाचनपछि इरानमाथि पुन: आक्रमण हुनसक्ने सम्भावना पनि रहेको बताए ।

‘मैले एक वर्षअघि अस्वीकार गरेको विषयमा अहिले सहमत हुनेछैन । इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ,’ ट्रम्पले भने ।

होर्मुज स्ट्रेट खोल्ने विषयमा इरानले प्रस्ताव गरेको बताउँदै उनले त्यसका केही पक्ष आफूले हेरेको तर सबै नहेरेको बताए । ‘यो प्रस्ताव पर्याप्त छैन,’ उनले भने ।

ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको र अहिले ठूलो परिमाणमा हतियार भण्डारण गरिरहेको बताए । ती हतियार आफ्ना सहयोगी देशलाई वितरण गरिने उनको भनाइ छ ।

अमेरिकी सेनासँग गोलाबारुदको अभाव रहेको भन्ने समाचारहरू अधिकांश ‘झुटा समाचार’ भएको पनि उनले दाबी गरे ।

उनले अमेरिकाले इरानका लागि होर्मुज स्ट्रेट बन्द गरेको र त्यस क्षेत्रमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गरे ।

ट्रम्पले इरानलाई आणविक हतियार राख्न अनुमति दिन नसकिने बताए । उनका अनुसार इरानले आणविक हतियार प्राप्त गर्न नहुने र त्यसलाई रोक्नुपर्नेछ ।

इरानसँग सम्झौता भएपछि तेलको मूल्य यसअघि जस्तै घट्ने पनि ट्रम्पले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?