+
+
Shares

पर्साको ठोरीमा हात्ती आतंक, भाग्ने क्रममा दुई जना घाइते

गाउँपसेर उपद्रो मच्चाउने जंगली हात्ती अत्यन्तै उग्र र आक्रामक अवस्थामा देखिएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १०:१४

१६ असोज, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा-४ मा जंगली हात्तीले आतंक मच्चाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको हात्तीले ठोरी गाउँपालिका-४ मा आतंक मच्चाउने गरेको कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिए ।

गएराति गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काउन खोजेपछि भाग्ने क्रममा दुई जना घाइते भएको पाख्रिनले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा ठोरी गाउँपालिका-४ का ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी रहेका छन् । रातिको समयमा हात्ती सिधै घरतिर आएको देखेपछि सुरक्षाका लागि भागेर छिमेकीको घरमा जानेक्रममा उनीहरू घाइते भएको उनले बताए ।

उनले भने, ‘हात्तीले उनीहरूलाई पछ्याउँदै गएको रहेछ । उनीहरू छिमेकीको घरमा पस्ने क्रममा हात्तीले घरको पाली नै फाल्दा हजुरआमा र नातिनी घाइते भएका हुन् ।’

गएराति मात्रै दुई पटकसम्म हात्ती गाउँ छिरेको उनको भनाइ छ ।

हात्तीले स्थानीयको एउटा घर समेत भत्काएको छ । घर भत्काएर भण्डारण गरी राखेको खाद्यान्न तथा उखुबालीमा क्षति गरेको पाख्रिनले बताए ।

गाउँपसेर उपद्रो मच्चाउने जंगली हात्ती अत्यन्तै उग्र र आक्रामक अवस्थामा देखिएको उनले बताए ।

पछिल्लो केही दिनयता रातको समयमा जंगली हात्ती गाउँपसेर उपद्रो मच्चाउँदा जनजीवन त्रसित बनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?