+
+
Shares

बाढीपीडितका लागि मगर संघ अमेरिकाको ३० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ११:२७

१६ असोज, काठमाडौं ।अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।

नेपालमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै राहत तथा पुर्स्थापनाको कार्यमा सहयोग होस् भन्ने उद्देश्यका साथ मगर संघ अमेरिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

संघले सांसद इन्दिरा राना मगर र नेपाली महावाणिज्य दूतावास न्युयोर्कका महावाणिज्य दूत दधिराम भण्डारीको उपस्थितिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

संस्थाको तर्फबाट मगर संघ अमेरिका केन्द्रीय समिति अध्यक्ष दिपसागर बुढा मगर र मगर संघ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष रत्न सिङ गर्बुजा मगरले सांसद इन्दिरा राना मगर र महावाणिज्यदूत भण्डारीलाई प्रतीकात्मक चेक हस्तातरण गरेका थिए ।

मगर संघ अमेरिका र यस मातहतका च्याप्टरहरूले शुभेच्छुकबाट रकम संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?