+
+
Shares

‘अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १२:२०

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले संसद्को अधिवेशन थप प्रभावकारी बन्नुपर्ने बताएका छन् ।

संघीय संसद्को चालु अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्,’ उनले भनेका छन्, ‘आउँदो अधिवेशन उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आर्कषित गर्ने र निर्यात बढाउने, राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस् ।’

सांसदहरू प्रधानमन्त्री र मन्त्रीकहाँ धेरै पटक पुग्ने र आफ्नो क्षेत्रका लागि विकास माग्न, बजेट माग्न, योजना माग्न पुग्ने गरेको बताए ।

उनी भन्छन्, ‘तर एउटा प्रश्न हामी आफैँले पनि गर्नुपर्छ । हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौं भने एक दिन भारी रितिन्छ । त्यसैले अब हाम्रो भूमिका माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो ।’

यस निम्ति अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बन्न नहुने उनको आग्रह छ ।

उनी थप्छन्, ‘आज हामीले एउटा योजना माग्दा निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान । तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौं भने सिंगो देशका पुस्ता लाभान्वित हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?