+
+
Shares

म्याङलुङबाट प्रमोद खरेल र प्रकाश सपुतले थाले ‘सुरताल म्युजिकल टुर’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १४:००

काठमाडौं । प्रमोद खरेल, प्रकाश सपुत र देबेन्द्र बब्लुले पूर्वी नेपालको तेह्रथुमको म्याङलुङबाट ‘सुरताल म्युजिकल टूर’ थालेका छन् । उनीहरूले एउटै स्टेजबाट हजारौं दर्शकमाझ आफ्ना सांगीतिक प्रस्तुति दिए ।

यी तीनैजना कलाकारले आ-आफ्ना ब्यान्डमार्फत प्रस्तुति दिँदा म्याङलुङको माहोल सांगीतिक बनेको थियो ।

प्रमोदले आफ्ना हिट गीतहरू ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे ।

प्रमोदले आफ्नो ब्यान्ड ‘प्रमोद एण्ड परम्परा’, प्रकाश सपूतले भाका ब्याण्ड र देबेन्द्र बब्लुले फिरन्ते ब्यान्डसहित विशेष लाइभमा प्रस्तुति दिएका थिए ।

आयोजक संस्थाका प्रशान्त सुनारका अनुसार मध्यरातसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए । ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको यो सांगीतिक यात्रा तेह्रथुमबाटै सुरु भएको हो ।

सातै प्रदेशका १३ वटा शहरमा टूर आयोजना हुने जनाइएको छ । तेह्रथुमपछि १७ असोजमा संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ । त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुनेछ ।

त्यसैगरी नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा, धरानलगायतका शहरमा पनि कन्सर्ट आयोजना जनाइएको छ । सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको यो सांगीतिक यात्रा स्थानीय आयोजक तथा विभिन्न संघ-संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?