+
+
Shares

नेपालका बाढी प्रभावितको राहत र पुनर्स्थापना गर्न होन्डाले दियो १ लाख डलर सहयोग

होन्डाले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १४:२७

१६ असोज, काठमाडौं । १० भदौ २०८३ मा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन विश्वप्रसिद्ध मोटर कम्पनी होन्डाले १ लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो । होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालयका रूपमा थाइल्यान्डको बैंककमा रहेको ‘एसियन होन्डा मोटर कम्पनी लिमिटेड’ ले थाई रेडक्रस सोसाइटी मार्फत उक्त सहयोग रकम नेपाल पठाएको बताएको छ ।

विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै होन्डाले प्रभावित परिवार तथा सम्पूर्ण नेपाली समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

साथै, कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको शीघ्र पुनर्स्थापना र जनजीवन सामान्य अवस्थामा फर्किने कामना समेत गरेको छ ।

यस सहयोगले प्रभावित क्षेत्रमा चलिरहेको उद्धार, राहत वितरण र पुनर्निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?