+
+
Shares

टेकु अस्पताल दुर्व्यवहार घटना : काठमाडौं प्रहरीद्वारा तीन जना पक्राउ

ड्युटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १४:३९

१६ असोज, काठमाडौं । ड्युटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन् ।

उनीहरूमाथि असोज १४ गते राति १ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा पुगेर स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

त्यो दिन ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गाली गलौज गरी, धाक धम्की दिई, हातपातसमेत गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरूको दुर्व्यवहारमा संलग्नता रहेको पाइएको काठमाडौं परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?