+
+
Shares

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : १०-१० तोला सुनचाँदी, ९३ रोपनी जग्गा

मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा अपलोड गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग सुन र चाँदी १०/१० तोला छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १४:५३

१६ असोज, काठमाडौं । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा अपलोड गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग सुन र चाँदी १०/१० तोला छ ।

सो सुनचाँदीको स्रोतमा उनले पैत्रिक, शिक्षकको तलब, खुद्रा व्यवसाय र पारिश्रमिक भनेर उल्लेख गरेका छन् ।

यसैगरी उनीसँग बैंकमा मौजदात नगद १ लाख ५५ हजार छ । राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा १ लाख ५० हजार र एनएमबी बैंक सुर्खेतमा ५ हजार मौजदात रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री शाहीले १८ लाख ऋण रहेको पनि उल्लेख गरेका छन् । सो ऋण विभिन्न मितिमा ५ लाख ५० हजार रुपैयाँ तिरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

उनीसँग मुगुका विभिन्न स्थानमा करिब ९३ रोपनी जग्गा पनि छ । उनका अनुसार ती जग्गा धेरैजसो श्रीमती, छोरी र आमाहरुका नाममा छन् । जग्गाहरु साविकका जिमा र श्रीनगर गाविसका विभिन्न वडाहरुमा छन् ।

मुख्यमन्त्री शाहीको नाममा भने साविकको जिमा गाविस वडा नम्बर ९ मा कित्ता नम्बर ५१ को ४०२ वर्गमिटर जग्गा मात्र छ ।

साथै मुख्यमन्त्री शाहीसँग एउटा सुजुकी स्कुटर र ७ वटा गोरु पनि छन् ।

उनले १ लाख १० हजारको एउटा क्यामरा, ९० हजार र ६० हजारका २ थान मोबाइल तथा ९० हजार रुपैयाँको एउटा ल्यापटप पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?