१६ असोज, काठमाडौं । नेपाली सेनाको पृतनापति सम्मेलन सम्पन्न भएको छ । बिहीबार सुरु भएको पृतनापति समन्वयात्मक बैठक आज शुत्रलबार सम्मपन भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
बैठकको समापन समारोहमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विपद्का घटनाहरु र खोज उद्धार कार्यमा सकलदर्जाले देखाएको क्षमताको प्रशंसा गरेका छन् ।
‘खोज तथा उद्धारमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यवसायिकता एवंम् सम्पादन गरिएका उदाहरणीय कार्यहरुको लागि धन्यवाद ज्ञापन गर्दछु’ प्रधानसेनापति सिग्देलले भने ।
जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न उनले निर्देशन पनि दिए । बैठकमा सम्पादन भएका कार्यहरुको समीक्षा, वर्तमान परिस्थितीको विश्लेषण, विपद् प्रतिकार्य लगायत समसामयिक बिषयहरुमा छलफल भएको जंगी अड्डाले बताएको छ ।
प्रतिक्रिया 4