+
+
Shares

डोटी कांग्रेसको अधिवेशनविरुद्ध केन्द्रमा उजुरी

महाधिवेशन प्रतिनिधिका उम्मेदवार धर्म फुलाराले पार्टी केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी हालेका हुन् । उनको उजुरी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते २०:३३

१६ असोज, काठमाडौं । डोटीमा विधानविपरीत अलोकतान्त्रिक ढंगले कांग्रेस अधिवेशन सम्पन्न गरिएको भन्दै पार्टी केन्द्रमा उजुरी परेको छ ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार धर्म फुलाराले पार्टी केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी हालेका हुन् । उनको उजुरी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ ।

उजुरीमा जिल्लाका एक हजार ५६० जना क्षेत्रीय प्रतिनिधिमध्ये ३३ जनाबाहेक ९८ प्रतिशत क्षेत्रीय प्रतिनिधि अधिवेशनमा प्रतिनिधि छनोटको प्रक्रियाप्रति असमत रहेको दाबी गरिएको छ ।

केन्द्रीय सदस्य र जिल्ला कार्यवाहक सभापतिको उपस्थितिमा सीमित व्यक्तिहरू बसेर जिल्ला तह र प्रतिनिधिहरूका आफूखुसी नाम तयार गरेको र रातारात जिल्ला बाहिर पुगेर नाम पठाउने काम गरेको उजुरीमा आरोप लगाइएको छ ।

‘यसरी सम्बन्धित क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता, सहमति र पारदर्शी निर्वाचन प्रक्रियाबिना बन्द कोठाभित्र तयार पारिएको नामावलीलाई नै निर्वाचन तथा छनोटको आधार बनाएको विषयप्रति हाम्रो गम्भीर आपत्ति प्रकट गर्दछौं,’ उजुरीमा भनिएको छ ।

यस्तै, उजुरीमा सबै क्षेत्रीय प्रतिनिधिको सहभागितामा फेरि अधिवेशन सञ्चालनको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?