+
+
Shares

सिरहामा ईभीलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते २०:३५

१६ असोज, सिरहा । सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) लाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज.०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख.३९९६ नम्बरको टिफरले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका–४ निवासी महेन्द्र यादवकी करिब ४५ वर्षीया श्रीमती शोभाकुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टाउको र अनुहारमा गम्भीर चोट लागेकी उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते गोलबजार–४ का वीरेन्द्र यादवकी २२ वर्षीया छोरी प्रियंका यादवलाई थप उपचारका लागि ९एन हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, गोलबजार–६ का सत्यनारायण महतोकी ४५ वर्षीया श्रीमती ललिता महतोलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

घाइतेलाई हेलिकप्टरबाट अस्पताल पठाइँदै ।

त्यस्तै, ईभी चालक धनगढीमाई नगरपालिका–२ का ३५ वर्षीय मन्जुर खान, गोलबजार–४ का रामबहादुर मण्डलकी ३५ वर्षीया श्रीमती संगिता मण्डल र वीरेन्द्र यादवकी ५० वर्षीया श्रीमती फूलकुमारी यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते तथा मृतकहरू जितिया पर्वका व्रतालु थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?