१७ असोज, विराटनगर । फोटो तथा भिडियो क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आजदेखि सुरु हुँदैछ ।
फोटोग्राफर संघ मोरङले आज र भोलि विराटनगरको आरके पार्टी प्यालेसमा एक्स्पो आयोजना गरेको हो ।
एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिने छ ।
एक्स्पो संयोजक एकराज श्रेष्ठका अनुसार नयाँ पुस्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा भित्रिएका नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
एक्स्पोका क्रममा फोटो तथा भिडियो सम्पादनसम्बन्धी तालिमका साथै कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4