+
+
Shares

विराटनगरको रथयात्रा (फोटो फिचर)

हरि अधिकारी हरि अधिकारी
२०८३ भदौ २० गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे राधाकृष्ण रथयात्रा सुरु भएको छ।
  • रथयात्रा तीनपैनी, गोल्छा, मेनरोड, ट्राफिक, रोडशेष, महेन्द्र, कोशी राजमार्ग, बरगाछी र दुर्गा चोक हुँदै मन्दिर फर्किनेछ।
  • करिब ८ किलोमिटर यात्राका ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको र भेटी भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनमा प्रयोग गरिने बताइएको छ।

२० भदौ, विराटनगर । विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु भएको रथयात्राले बजार क्षेत्र परिक्रमा गर्नेछ। विराटनगरको पानीट्यांकी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ।

त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ। करिब ८ किलोमिटर दुरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ। रथयात्राका क्रममा भेटीबापत संकलन हुने रकम भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापन लागि प्रयोग गरिने बताइएको छ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?