+
+
Shares

लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते ११:२०

१७ असोज, विराटनगर । मोरङको लेटाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडक खण्डमा जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब साढे १० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक झापाको घेराबारी बस्ने अन्दाजी २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार चालक नेपालीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा मृत्यु भएको हो । सन्देशको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । अमर नेपालीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?