१८ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० को महिलातर्फ उपाधि जितेको छ ।
आइतबार बिहान सम्पन्न फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । ८६ रनको लक्ष्य टोरन्टोले ३ बल बाँकी छँदा पूरा गर्यो ।
इन्दुले विजयी रन प्रहार गर्दै १५ रनमा अविजित रहिन् । उनले बलिङमा पनि १ विकेट लिँदै एक रनआउट पनि गराएकी थिइन् ।
इन्दुले प्रतियोगितामा ४ खेलमा ४ विकेट लिइन् ।
टोरन्टो पहिलो खेलमै भ्यान्कुभर वारियर्ससँग पराजित भएको थियो । त्यसपछि भ्यान्कुभर एङ्कर्सलाई हराएको थियो भने इलिमिनेटरमा भ्यान्कुभर एङ्कर्सलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया 4