+
+
Shares

गगनलाई रविको ‘दोस्रो गुन’

'फकाउँदा फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ’

‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ लामिछानेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १८:०५

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाएका छन् ।

काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ लामिछानेले भने ।

उनले यसलाई आफूले लगाएको दोस्रो ‘गुन’ को रुपमा बुझ्न आग्रह गरे ।

‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु । मान्ने/नमान्ने तपाईंको जिम्मा,’ उनले भनेका छन् ।

रविले गगन थापालाई पहिलो के गुन लगाएको हो त्यो खुलाएनन् । साथै फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ भनेर कसलाई भन्न खोजेका हुन् तिनको नाम लिएनन् ।

तर १४ औं महाधिवेशनबाट निर्वाचिन शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायतका केही नेताहरू १५ औं महाधिवेशनमा सहभागी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?