+
+
Shares

ड्रोन, चङ्गा र बेलुनले त्रिभुवन विमानस्थलको उडान सुरक्षामा चुनौती

कानुनले निषेध गरेका यी गतिविधिले हवाई उडान सञ्चालन क्रममा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुने विमानस्थल कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १९:१७

१८ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुनले उडान सुरक्षामा गम्भीर असर पार्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले सचेत गराएको छ ।

कानुनले निषेध गरेका यी गतिविधिले हवाई उडान सञ्चालन क्रममा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुने कार्यालयले जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयले दसैं सुरु भएसँगै चङ्गा उडाउने गतिविधि बढेको जानकारी गराएको छ ।

विमानस्थलको उडान तथा अवतरण क्षेत्रमा चङ्गा, डोरी, धागो, बेलुन र ड्रोन प्रवेश गर्दा वायुयानको सुरक्षित उडान तथा अवतरणमा अवरोध सिर्जना हुन्छ ।

यस्ता गतिविधि गर्न नहुने गरी कानुनी प्रावधान समेत छ । यस्ता गतिविधि नगर्न सर्वसाधारणलाई पटक–पटक सूचित गराउने कामसमेत हुँदै आएको छ ।

तर, गतिविधि निरन्तर रहेको भन्दै कार्यालयले चिन्ता व्यक्त गरेको छ । कार्यालयले भनेको छ, ‘उडान सुरक्षा केवल विमानस्थल तथा सम्बन्धित निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो, विमानस्थलको सुरक्षित हवाई सञ्चालन तथा यात्रुको सुरक्षाका लागि सबैको सहयोग, सहकार्य र जिम्मेवार व्यवहारको अपेक्षा गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?