+
+
Shares

प्रधानमन्त्री बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते २१:२०

१८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे धारणा राख्दै एक फेसबुक स्टाटस सेयर गरेका छन् ।

आइतबार साँझ उनले खुलामञ्चबारे एक टिप्पणी लेखेका हुन् ।

जहाँ उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’

खुलामञ्चमा आजमात्रै कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो ।

लामो समय बन्द भएको खुलामञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सभाहरू गर्न रोक लगाइएको थियो ।

प्रधानमन्त्री शाह काठमाडौंको मेयर हुँदा खुलामञ्चलाई स्तरोन्नती गर्नका लागि भन्दै बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?