१४ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गरेका छन्। आज इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँग कुराकानी गर्नेक्रममा उनले सांसदहरूको वर्गीकरणबारे बोलेका हुन्।
उनले पहिलो ‘एभरेज’, दोस्रो ‘एभरेज भन्दा तल’ र तेस्रो ‘एक्स्ट्रा अर्डिनरी’मा विभाजन गरेका हुन्।
उनले इन्जिनियर सांसदहरूलाई ‘एक्स्टा अर्डिनरी’ सांसदको रुपमा व्याख्या गरे। उनले तीन तहका व्यक्तिले कस्तो काम गर्छन् भन्नेबारे पनि आफ्नो भनाइ राखे।
‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्यो भन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्,’ प्रधानमन्त्रीलाई उदृत गर्दै एक सांसदले अनलाइनखबरसँग भने, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ भनेर । तपाईंहरुको आइडियाले देश बन्छ।’
छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘औधोगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन’ इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आग्रह गरेका छन्।
उनले संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री र प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयसमेतले बताउँदै भने, ‘केही आइडिया हुँदा प्रधानमन्त्री कार्यालयसँग सम्पर्क गर्न सकिन्छ। आइडिया हुनेहरूसँग सहजै भेट हुनेछ।’
उनले केही विधेयकहरू पनि आउने तयारीमा रहेको र त्यसमा साथ र सहयोग मागे। ‘अब सांसदहरूको नै विधेयकमा इनपुट रहन्छ । देखेको र भोगेको आधारमा कानुन लिएर आउँछौं । यसमा तपाईंहरुको साथ र सहयोग चाहिन्छ’ प्रधानमन्त्रीले भने।
प्रतिक्रिया 4