+
+
Shares

चितवनमा रुखमा ठोक्कियो मोटरसाइकल, एकको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ५:४५

१९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापा छन् ।

सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए ।

घाइते सागरको अवस्था भने सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?