+
+
Shares

कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:०९

१९ असोज, काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा युवा नेता एवं उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्की–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आफ्नो व्यावसायिक अनुभवलाई अब पार्टी र मुलुक निर्माणको बृहत्तर यात्रासँग जोड्ने उद्देश्यले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । उनले भने, ‘मेरो उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने आकांक्षाका रूपमा होइन, युवाहरूलाई राजनीतिसँग जोड्ने, निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच सार्थक संवाद बढाउने, उद्यमशीलता र रोजगारीका विषयलाई नीतिगत प्राथमिकतामा लैजाने तथा अनुभव र नयाँ सोचबीच पुल निर्माण गर्ने प्रयासका रूपमा अघि बढाउन चाहन्छु।’

कांग्रेस युवा नेता केसीले कांग्रेसको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवी पुस्ताको ज्ञानलाई संरक्षणसँगै नयाँ पुस्तालाई नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण स्थान दिने कांग्रेस आजको आवश्यकता रहेको बताए ।

‘यस महाधिवेशनले पार्टीभित्र नयाँ बहस, नयाँ ऊर्जा र नयाँ आशाको वातावरण निर्माण गरोस्, लाखौँ नेता तथा कार्यकर्ताको योगदानलाई सम्मान गर्दै आम नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउने दिशामा नेपाली कांग्रेस अघि बढोस् भन्ने मेरो अपेक्षा छ,’ उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै भने, ‘यही सोच, उद्देश्य र आफ्नो व्यावसायिक अनुभवलाई पार्टी तथा राष्ट्र निर्माणमा उपयोग गर्ने प्रतिबद्धतासहित मैले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

उनी जलविद्युतदेखि बैंकिङ, बीमा र निर्माण क्षेत्रमा सक्रिय छन् । केसी ग्रुप अफ कम्पनीजका निर्देशकका रूपमा कार्यरत उनले विश्वका विभिन्न स्थापित शैक्षिक संस्थाबाट अध्ययन गरेका छन् ।

केसीले सन् २०११ मा भारतको गुजरातस्थित क्यालोरेक्स टिचर्स युनिभर्सिटीबाट एमबीए गरेका हुन्। यसअघि उनले सन् २००४ मा बोस्टन कलेज अफ लन्डनबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेका थिए । व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन् ।

उनी पोखरास्थित कालिका बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष छन् भन पोखरा स्कुल अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टका सल्लाहकारका रूपमा पनि उनी आबद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?