+
+
Shares

रास्वपा महामन्त्री भन्छन्– सरकारको काममा पार्टीको हस्तक्षेप छैन

राज्यका संरचनालाई दलीयकरणबाट टाढा राख्न पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको महामन्त्री आचार्यले बताए ।

रासस रासस
२०८३ असोज १९ गते १६:१०

१९ असोज, घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले सरकारको काममा पार्टीको हस्तक्षेप नभएको दाबी गरेका छन् । सोमबार दाङको घोराहीमा पत्रकारसँग भेटघाटका क्रममा उनले सरकारले स्वतन्त्र रूपमा काम गरिरहेको दाबी गर्दै पार्टीले सरकारका काममा हस्तक्षेप नगरेको उल्लेख गरे ।

राज्यका संरचनालाई दलीयकरणबाट टाढा राख्न पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको महामन्त्री आचार्यले बताए ।

उनले संसद्लाई कानुन निर्माणको वास्तविक थलोका रूपमा विकास गर्नुपर्ने बताए ।

अहिले मन्त्रालयबाट कानुनको मस्यौदा तयार गरी संसद्मा पठाउने अभ्यास रहेको भन्दै उहाँले कानुन निर्माणको सम्पूर्ण जिम्मेवारी संसद्ले लिनुपर्ने धारणा राखे ।

अर्को प्रशंगमा महामन्त्री आचार्यले दाङको पूर्वाधार विकाससहित हरेक विकासका लागि आफू सकारात्मक रहेको बताए ।

दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले टरिगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यहाँका नागरिकलाई हरेक सेवा सुविधाको पहुँचमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?